काँठ क्षेत्रका किसानलाई आलु भित्र्याउने चटारो (तस्वीरहरू)

काँठ क्षेत्रका किसानलाई आलु भित्र्याउने चटारो (तस्वीरहरू)

काठमाडौं । उपत्यकाको काँठ क्षेत्रका किसानलाई अहिले आलु भित्र्याउने चटारो छ । बर्खा लाग्दै गर्दा रोपाइँ गर्नुपर्ने भएकोले खेतमा भएका आलु खन्नमा उनीहरू व्यस्थ छन् ।

काँठ क्षेत्रका नदी किनारमा रहेका खेतमा धान काटेसँगै रोपाइँ नहुदासम्म दुई बाली आलु लगाइन्छ । गहुँ छर्नुभन्दा आलुबाट राम्रो आम्दानी हुनेहुँदा दशक यतादेखि किसानहरू आलुखेतीप्रति आकर्षित भएका छन् ।

स्थानीय किसानका अनुसार आलुको बजार राम्रो रहेको छ । आलु किन्न खेतमै ग्राहक आउने गरेको उनीहरू बताउँछन् ।

आलु खनेसँगै नदीको पानी पम्पको सहायताले तानेर उनीहरू धान रोपाइँ गर्ने गर्दछन् ।

तस्वीरमा गोकर्णेश्वरको उत्तरबाहिनी फाँटमा आलु खन्न व्यस्त किसान :

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved