निजामती सेवा नियमावली परामर्शका लागि लोकसेवामा पठाउने लुम्बिनी मन्त्रिपरिषद् बैठकको निर्णय

नेपालभ्युज

निजामती सेवा नियमावली परामर्शका लागि लोकसेवामा पठाउने लुम्बिनी मन्त्रिपरिषद् बैठकको निर्णय

बुटवल । लुम्बिनी प्रदेश सरकारले प्रदेश निजामती सेवा (पहिलो संशोधन) नियमावली, २०८२ परामर्शका लागि प्रदेश लोकसेवा आयोगमा पठाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तयार पारेको नियमावली संशोधनको प्रस्ताव मन्त्रिपरिषद् बैठकमा पेस गरिएको थियो ।

सोही प्रस्तावका आधारमा बैठकले उक्त नियमावली प्रदेश लोकसेवा आयोगमा परामर्शका लागि पठाउने निर्णय गरिएको सरकारका प्रवक्ता एवं कृषि, भूमिव्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved