काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो जित दर्ता गरेको छ ।
बिहीबार भएको खेलमा सुदूरपश्चिमले काठमान्डु गुर्खाजलाई ७३ रनले फराकिलो अन्तरले हराएको हो । सुदूरपश्चिमले दिएको १६८ रनको लक्ष्य पछ्याएको काठमान्डु १५.५ ओभरमा ९४ रन बनाएर अलआउट भयो ।
सुदूरपश्चिमले पहिलो खेलमा विराटनगर किङ्सलाई ९० रनले हराएको थियो ।
दुबै खेललाई हेर्ने हो भने कप्तान दीपेन्द्रसिंह ऐरीको भूमिका उल्लेखनीय छ । उनले पहिलो खेलमा अविजित ५७ रन बनाएका थिए भने आजको खेलमा विस्फोटक ब्याटिङ गर्दै ४३ रन जोडे ।
उनीपछि ब्राण्डन म्याकमुलनले पनि लगातार राम्रो प्रदर्शन गरिरहेका छन् । उनले विराटनगरविरुद्ध ३६ र आज ५३ रनको अर्धशतकीय पारी खेले ।
बलिङतर्फ आज नरेन साउदले ५ विकेट लिए । काठमाडौंका ब्याटरहरु खुलेर खेल्न सकेनन् ।
तस्वीरहरू-


























Facebook Comment
Comment