करणको विस्फोटक ब्याटिङमा काठमाडौंले कर्णालीलाई हरायो

नेपालभ्युज

करणको विस्फोटक ब्याटिङमा काठमाडौंले कर्णालीलाई हरायो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाडौं गुर्खाजले कर्णाली याक्सलाई पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार भएको खेलमा काठमाडौंले कर्णालीलाई ३ विकेटले पराजित गरेको हो ।

काठमाडौंको यो पहिलो जित हो भने कर्णालीको लगातार दोस्रो हार हो ।

कर्णालीले दिएको १५० रनको लक्ष्यमा काठमाडौंले १९.३ ओभरमा ७ विकेटको क्षतिमा पूरा गर्‍यो । काठमाडौंका लागि गेर्हार्ड इरास्मसले ३८ र माइकल लेभिटले २२ रन बनाए ।

सुमित महर्जनले अविजित ४० रन र करण केसीले २८ रन बनाए । केसीले १० बलमा २ चौका र २ छक्का प्रहार गरे ।

कर्णालीका लागि नन्दन यादव, गुल्शन झा, जिशान मक्सुद र विपिन शर्माले १–१ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको कर्णालीले पूरै ओभर खेलेर ५ विकेटको क्षतिमा १४९ रन बनाएको थियो ।

कर्णालीका लागि ओपनर शिखर धवनले अविजित ७२ रन बनाए । उनले ५१ बलमा ४ चौका र ५ छक्क प्रहार गरे । शिखरले ४२ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ५१ रन अर्धशतक बनाएका हुन् ।

अर्जुन घर्तीले ४, गुल्शन झाले १२, बाबर हायतले १३, च्याडविक वाल्टनले २१ र देव खनाल शून्यमा आउट भए । र, जिशन मक्सुद १४ रनमा अविजित रहे ।

काठमाडौं गुर्खाजका लागि गेर्हार्ड इरास्मसले २ तथा कप्तान करण केसी, नाथन सोटर र दीपेश कँडेलले १–१ विकेट लिए ।

अब अर्को खेलमा लुम्बिनी लायन्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved