सबैभन्दा महँगो टोली पोखराको ब्याटिङ ‘कोल्याप्स’ हुँदा…(तस्वीरहरू)

नेपालभ्युज

सबैभन्दा महँगो टोली पोखराको ब्याटिङ ‘कोल्याप्स’ हुँदा…(तस्वीरहरू)

काठमाडौं । एनपीएलमा पोखरा एभेन्जर्सले आफ्नो पहिलो खेलमा लज्जास्पद हार व्यहोरेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार भएको खेलमा पोखरा चितवन राइनोजसँग ८७ रनले पराजित भएको हो ।

चितवनले दिएको १६२ रनको लक्ष्य पछ्याएको पोखरा ७४ रनमै समेटियो ।

पोखराले पहिलो ओभरमा तीन विकेट गुमायो । चितवनका पाकिस्तानी बलर सोहल तानबिरले पहिलो ओभरको पहिलो, पाँचौ र छैटौँ बलमा विकेट लिएका हुन् । उनले पोखरा कप्तान तथा ओपनर कुशल भुर्तेललाई गोल्डन डकआउट गर्दा दिलीप नाथ ४ रनमा आउट भए । ओभरको अन्तिम बलमा बास डे लीडेलाई उनले नै गोल्डन डकआउट गरे ।

चौथो ओभरमा रिजन ढकालले तीन विकेट झारे । ढकालले किरण ठगुन्ना, माइकल लिस्क र दिनेश खरेललाई आउट गरे ।

पावर प्ले अगाडि नै पोखराले ६ विकेट गुमाएर ७ रन बनाएको थियो । केही सम्हालिने कोसिस गरेको पोखराले ६.२ ओभरमा रेमन रेफरलाई गुमायो ।

त्यसपछि क्रिजमा आएका मार्कस क्रिचले र नारायण जोशीले केही सम्हालिएर टोलीलाई अगाडि बढाए । उनीहरुले क्रमश: १७ र ३० रन जोडे ।

तर, विशाल लक्ष्य पछ्याएको पोखरा धेरैबेर टिक्न सकेन । ७४ रनमै अलआउट हुन पुग्यो ।

यो एनपीएलको सबैभन्दा महँगो टिम हो । नेपाल टी–ट्वान्टी प्रा.लि.ले क्यानबाट तीन करोड ५७ लाखमा टिमको फ्रेन्चाइजी खरिद गरेको थियो ।

तस्वीरहरू-

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved