मधेसका ७ स्थानमा उपनिर्वाचन : १०३ जनाले दिए उम्मेदवारी

सोमबार बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिने छ । सोही दिन दिउँसो ३ बजेपछि मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ एवं निर्णय गरी मंसिर ४ गते साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने प्रदेश निर्वाचनको कार्यालय मधेश प्रदेशले जनाएको छ ।

मधेसका ७ स्थानमा उपनिर्वाचन : १०३ जनाले दिए उम्मेदवारी

जनकपुरधाम । यही मंसिर १६ गते हुन लागेको स्थानीय तहको उपनिर्वाचनका लागि मधेस प्रदेशमा १०३ जनाले उम्मेदवारले मनोनयन पत्र दर्ता गराएका छन् ।

प्रदेशको सप्तरी, धनुषा, महोत्तरी र रौतहट गरी चार जिल्लाका सात स्थानमा उपनिर्वाचन हुन गइरहेको छ । सप्तरी, धनुषा, महोत्तरी र रौतहटका विभिन्न पालिकाको वडामा हुन लागेको निर्वाचनमा उम्मेदवार बन्नका लागि राजनीतिक दल र स्वतन्त्र गरी १०३ जनाले उम्मेवारी दर्ता गराएका छन् ।

सप्तरीको डाक्नेश्वरी नगरपालिकाको दुईवटा वडाका लागि १७, धनुषाको धनुषाधाम नगरपालिकाको वडाका लागि २१, महोत्तरीको रामगोपालपुर नगरपालिकाको वडाका लागि २०, रौतहटका तीनवटा पालिकाको वडामा हुने निर्वाचनका लागि ४५ गरी कूल १०३ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर १ र सोही पालिकाको वडा नम्बर ४ हुने निर्वाचनका लागि १७ जनाले मनोनयन दर्ता गराएका छन् ।

डाक्नेश्वरी– १ मा एक स्वतन्त्रसहित ९ जना र वडा नम्बर ४ मा ८ जनाले उम्मेदवारी दर्ता गराएको सहायक निर्वाचन अधिकृत गंगाकुमार मिश्रले जानकारी दिए ।

त्यस्तै धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर १ मा हुने निर्वाचनमा २१ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । धनुषाधाममा १२ वटा राजनीतिक दलले उम्मेदवारी दिएका छन् भने ९ जनाले स्वतन्त्र रुपमा उम्मेवारी दर्ता गराएका छन् ।

नेकपा (माओवादी केन्द्र)बाट सुनिल कापर केवट, नेपाली कांग्रेसबाट अशोककुमार मण्डल, नेकपा (एमाले)बाट प्रमोद यादव, जनता समाजवादी पार्टी (जसपा) नेपालबाट अजयकुमार यादव, जनता समाजवादी पार्टी (जसपा)बाट अरुण सादा, जनमत पार्टीबाट कुशेश्वर मण्डल, नेकपा (एकीकृत समाजवादी)बाट गोपाल साह सुडी, बहुजन एकता पार्टी नेपालबाट प्रमिलाकुमारी सदा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालबाट फौदार सादा मुसहर, राष्टिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रामनरेश दास, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट रामदेव सिंह दनुवार र राजपा नेपालबाट लक्ष्मीनियाँ देवीले उम्मेदवारी दिएका छन् ।

त्यस्तै महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर २ मा हुन लागेको निर्वाचनमा २० जनाले उम्मेदवारी दिएका छन् । सो वडामा ८ वटा राजनीतिक दलबाट उम्मेदवारी दिएका छन् भने १२ जनाले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका छन् ।

माओवादी केन्द्रबाट आइतीकुमारी यादव, कांग्रेसबाट मोहम्मद जनिफ खाँ, रास्वपाबाट सुरमैद खाँ, एमालेबाट सकिवुल खाँ, राप्रपाबाट मो. मनान खाँ, जसपा नेपालबाट मो. नजामुद्दिन खान, राजपा नेपालबाट राजेशकुमार यादवले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै रौतहटका विभिन्न पालिकाका वडामा हुने निर्वाचनमा ४५ जनाले उम्मेदवारी दिएका छन् । राजपुर नगरपालिका वडा नम्बर ६ मा १४, ईशनाथ नगरपालिका वडा नम्बर ७ मा १५ र गढीमाई नगरपालिका– ८ को वडाअध्यक्षका लागि १६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यसैगरी गढीमाई नगरपालिका वडा नम्बर ८ एमालेको तर्फबाट जीउतीदेवी यादव, एकीकृत समाजवादीबाट बजरंगीप्रसाद यादव, कांग्रेसबाट सुवोधकुमार यादव, जसपा नेपालबाट सन्देशप्रसाद यादव, राष्ट्रिय मातृभूमि पार्टीबाट साहेवलाल राउत र जनमत पार्टीबाट सुरेश राउत कुर्मीले मनोनयन दर्ता गराएको वडा निर्वाचन अधिकृतसमेत रहेका न्यायाधिवक्ता मुम्मद मुन्नाले जानकारी दिए ।

यस्तै ईशनाथ नगरपालिका– ७ मा कांग्रेसबाट शेख अब्दुल खालिक, माओवादी केन्द्रबाट शेख अमिरुल, जनमत पार्टीबाट शेख जमिरुल हक, जसपा नेपालबाट शेख अब्दुर अहद, एमालेबाट शेख अनवार, राप्रपाबाट मदन साह, एकीकृत समाजवादीबाट सदरे आलमले दर्ता गराएका छन् ।

राजपुर नगरपालिका वडा नम्बर ६ मा जनमत पार्टीका क्यामुदिन धुनिया, माओवादी केन्द्रबाट जिकरुलाह, एमालेबाट मो. नसिम अख्तर, कांग्रेसबाट समसे आलम, राप्रपाबाट रामनारायण प्रसाद जयसवाललगायतले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतसमेत रहेका रौतहट जिल्ला अदालतका मुख्य न्यायाधीश मनोज केसीले जानकारी दिए ।

सोमबार बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारका विरुद्धमा उजुरी दिन सकिने छ । सोही दिन दिउँसो ३ बजेपछि मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ एवं निर्णय गरी मंसिर ४ गते साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने प्रदेश निर्वाचनको कार्यालय मधेश प्रदेशले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved