जुवाको खालबाट ६ लाखभन्दा बढी नगदसहित १३ जना पक्राउ

नेपालभ्युज

जुवाको खालबाट ६ लाखभन्दा बढी नगदसहित १३ जना पक्राउ

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ हलेदीमा जुवाको खालबाट रु ६ लाख ४३ हजार १९० सहित १३ जना पक्राउ परेका छन् ।

स्थानीय मानबहादुर घलेको घरमा कौडा खेलिरहेका उनीहरुलाई बेलचौतारास्थित इलाका प्रहरी कार्यालयबाट परिचालन भएको प्रहरी टोलीले बुधबार राति पक्राउ गरेको हो । खालबाट १६ थान कौडा बरामद भएको छ ।

उनीहरूमाथि मुलुक अपराध संहिताअनुसार कारबाही हुने प्रहरीले जनाएको छ । –रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved