काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अध्यक्ष रवि लामिछानेको पक्षमा चलाइरहेको हस्ताक्षर अभियानमा हस्ताक्षर गरेका ट्राफिक प्रहरीको एक सईलाई हेडक्वाटर झिकाइएको छ ।
नेपालगञ्जमा कार्यरत ट्राफिक सई कमल खड्काको जिम्मेवारी खोस्दै हेडक्वाटर झिकाइएको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरेले जानकारी दिए ।
खड्काले विभागीय जिम्मेवारीभन्दा बाहिरको काम गरेको उनी बताउँछन् । “विभागीय जिम्मेवारीभन्दा बाहिर गएर कार्य गरेकोले उहाँलाई हेडक्वाटर झिकाइएको छ,” डीआईजी घिमिरेले भने ।
रास्वपाले अध्यक्ष लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै त्यसका विरुद्धको हस्ताक्षर अभियान चलाइरहेको छ ।
केही दिनअघि मात्रै सई खड्काले उक्त अभियानमा सहभागिता जनाउँदै हस्ताक्षर गरेका थिए । त्यसपछि उनका फोटाहरू सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
Facebook Comment
Comment