धनुषा । धनुषामा नियमविपरीत तीनजना सवार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् । तीनै जनाको पहिचान खुल्न भने बाँकी रहेको छ ।
धनुषाको कमला नगरपालिका र विदेह नगरपालिकाको सीमा क्षेत्र पर्ने मुडिया सराबेको सीमामा हुलाकी मार्ग छेउमा सोमबार बिहान दुर्घटना भएको हो । धनुषाको महेन्द्रनगर जन्ती गएका तीनैजना फर्किने क्रममा दुर्घटना भएको जनाइएको छ ।
मृत्यु हुने युवक धनुषाको शहिदनगर नगरपालिका वडा नं. ८ बिसरभोराका रहेको जानकारी प्राप्त भएको छ । घाइते अन्य दुईजना युवक पनि सोही वडाका नाथपट्टीका रहेका छन् ।
बिहान मर्निङ वाकमा निस्केका व्यक्तिहरूले दुर्घटना भएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा तत्कालै आएको प्रहरीले उनीहरूलाई उपचारका लागि जनकपुर पठाएकोमा एक जनाको मृत्यु भइसकेको चिकित्सकले पुष्टि गरेका छन् । घटनाबारे थप विवरण आउन बाँकी छ ।
Facebook Comment
Comment