रुपन्देहीमा एक युवती जलेको अवस्थामा खेतमा मृत भेटिइन्

नेपालभ्युज

रुपन्देहीमा एक युवती जलेको अवस्थामा खेतमा मृत भेटिइन्
सांकेतिक तस्वीर

बुटवल । रुपन्देहीमा एक युवती जलेको अवस्थामा मृत फेला परेकी छन् । जिल्लाको सम्मरीमाई गाउँपालिका–५ स्थित मर्चवार क्षेत्रमा २२ वर्षीय सिर्जना पाल जलेको अवस्थामा आइतबार खेतमा भेटिएकी हुन् ।

आफ्नो घरदेखि करिब १ किलोमिटरको दूरीमा सिर्जना जलेको खबर पाएपछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीको प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।

सिर्जनाका श्रीमानलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृत्युको कारण अझै खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रहरी नायब उपरीक्षक गणेश सापकोटाले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved