कुटपिटबाट घाइते किशोरको मृत्यु

नेपालभ्युज

कुटपिटबाट घाइते किशोरको मृत्यु
प्रतीकात्मक तस्वीर

दाङ । तुलसीपुर उपमहानगरपालिका–९ बेलुवामा दुई किशोरबीच भएको कुटपिटमा गम्भीर घाइते भएका किशोरको मत्यु भएको छ ।

नेपालगञ्जस्थित नर्सिङ होममा उपचारको क्रममा रुकुम बाँफिकोट गाउँपालिकाका स्थायी बासिन्दा १४ वर्षीय विराज गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ । निजको टाउकोमा गम्भीर चोट लागेको थियो ।

तुलसीपुरस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सूर्य रानाका अनुसार बुधबार १५ वर्षीय यज्ञ वली र गिरीबीच भएको झगडा कुटपिटमा परिणत भएको थियो । वलीलाई नियन्त्रणमा लिइएको छ । -रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved