लुम्बिनी प्रदेशसभा सदस्य गुरुङ पदमुक्त

लुम्बिनी प्रदेशसभा सदस्य गुरुङ पदमुक्त

बुटवल । लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङ पदमुक्त भएकी छिन्। रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ निवासी गुरुङ जनमत पार्टीबाट समानुपातिक सांसद बनेकी हुन् । गुरुङ बुधवारदेखि नै पदमुक्त भएकी छन् । गत वैशाख ३० गते उनका श्रीमान् कैलाश गुरुङले सामाजिक सञ्जाल मार्फत उनले राजीनामा दिएको निवेदन सार्वजनिक गरेका थिए भने गुरुङले प्रदेशसभाको इमेलमार्फत राजीनामा बुझाएकी थिईन् ।

जनमत पार्टी लुम्बिनी प्रदेश संसदीय दलका नेता चन्द्रकेश (सीके) गुप्ताले गुरुङ पछिल्लो समय पार्टीमा सक्रिय नभएको तथा प्रदेशसभा बैठकमा समेत उपस्थित नहुने क्रम दोहोरीए पछि राजीनामा स्वीकृत गरि पदमुक्त गरिएको बताए ।

लुम्बिनी प्रदेशसभा सचिव दुर्लभ पुनले गुरुङको अनुपस्थितिको सूचना प्रदेशसभामा दिएर बुधवारदेखि उनलाई पदमुक्त गरिएको जानकारी गराएका थिए ।

गुरुङ भने यतिबेला बेलायतमा रहेको परिवारिक स्रोतले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved