पाल्पामा जिप दुर्घटना, ६ जना घाइते

नेपालभ्युज

पाल्पामा जिप दुर्घटना, ६ जना घाइते
सांकेतिक तस्वीर

पाल्पा । पाल्पामा जिप दुर्घटना भएको छ । सो दुर्घटनामा ६ जना घाइते भएको पाल्पाका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।

मल्लका अनुसार घाइते हुनेमा निस्दी गाउँपालिका-४ झ्याल्टुङ बस्ने ३९ वर्षीया धनसरी बयम्बु, सोही ठाउँकी ३० वर्षीया पुष्पा राई, पुष्पाको ३ वर्षीय छोरा अभिषेक राई, ९ वर्षीय साजन राई रहेका छन् ।

यसैगरी निस्दी गाउँपालिका-७ सिन्दूरे बस्ने ४० वर्षीय गुनबहादुर सोमई र कपिलवस्तुको विजयनगर गाउँपालिका-१ का ५३ वर्षीय टेकबहादुर खण्डलुकपनि घाइते भएका छन् ।

घाइते मध्ये धनसरीको अवस्था गम्भीर रहेको बताइएको छ । शुक्रवार नवलपुरको अरुणखोलाबाट निस्दीको मित्याल तर्फ आउँदै गरेको लु १ ज २६४९ नम्बरको जीप करिब ४ बजेतिर मित्यालको लामेदमारमा दुर्घटना भएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved