५ सयको १८६ थान नक्कली नोटसहित एक जना पक्राउ

५ सयको १८६ थान नक्कली नोटसहित एक जना पक्राउ

हेटाैँडा । मकवानपुर प्रहरीले नेपाली पाँचसयकाे नक्कली नाेटसहित एकजनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा गंगाजमुना गाउँपालिका २ घर भई हाल हेटौडा उपमहानगरपालिका ८ बस्ने वर्ष ४२ को राम कृष्ण अधिकारी रहेका छन् ।

बुधबार राति हेटौडा १५ रातोमाटे स्थित पुर्व पश्चिम लोकमार्ग सडकखण्डमा बर्दिबासबाट हेटौडातर्फ आउदैं गरेको बा ३३ प ९९८३ नं. को मोटरसाईकल चालक अधिकारीले बोकेको झोला भित्र लुकाई छिपाई ल्याईएको अवस्थामा नेपाली ५०० रुपैया दरका १८६ थान नक्कली नोट (९३ हजार रुपैया) बरामद गरेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

अधिकारीलाई मुद्रा सम्बन्धी कसुरमा मकवानपुर जिल्ला अदालत हेटौडाबाट ७ दिनको म्याद लिई थप अनुसन्धान गरिरहेकाे प्रवक्ता अर्यालले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved