प्रोषेश पाण्डेले उचाले भ्वाइस अफ नेपाल सिजन ६ को उपाधि

नेपालभ्युज

प्रोषेश पाण्डेले उचाले भ्वाइस अफ नेपाल सिजन ६ को उपाधि

काठमाडौं । साङ्गीतिक रियालिटी टिभी शो ‘भ्वाइस अफ नेपाल’को छैटौँ सिजनको उपाधि प्रोषेश पाण्डेले उचालेका छन् ।

शुक्रबार राति आयोजित ग्राण्ड फिनालेमा टीम खेम सेन्चुरीको समूहका प्रतिस्पर्धी पाण्डे विजेता घोषित भएका हुन् ।

विजेता भएसँगै पाण्डेले भ्वाइसबाट २० लाख नगद प्राप्त गरे भने अन्य दुई प्रायोजकबाट १/१ लाख रुपैयाँ प्राप्त गरे ।

त्यस्तै, कोच मेलिना राईको समूहबाट खोटाङका रोशन राई फस्ट रनरअप घोषित भए । कोच राजु लामाको समूहका इलामका प्रमेश राई सेकेन्ड रनरअप घोषित भए । कोच उदय सोताङको समूहबाट प्रतिस्पर्धी गरेकी सिक्किमकी अर्पणा आचार्य थर्ड रनरअप घोषित भइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved