आमाको मुख हेर्ने दिनमा गायिका स्मिता दाहालको ‘आमा’ सार्वजनिक

नेपालभ्युज

आमाको मुख हेर्ने दिनमा गायिका स्मिता दाहालको ‘आमा’ सार्वजनिक

काठमाडौं । आमाको मुख हेर्ने विशेष अवसर मातातीर्थ औँसीका दिन गायिका स्मिता दाहालको नयाँ भावनात्मक गीत ‘आमा’ सार्वजनिक भएको छ ।

दाहालकै युट्युबमार्फत सार्वजनिक भएको गीतमा आमाको माया, सङ्घर्ष र समर्पणलाई सङ्गीतमार्फत जीवन्त रूपमा प्रस्तुत गरिएको छ ।

गीतमा शब्द र सङ्गीत सिर्जना चेतन सापकोटाले गरेका छन् भने सङ्गीत संयोजन गोपाल रसाइलीको छ । गीतको मिक्सिङ, मास्टरिङ र रेकर्डिङ श्याम बगडासले स्टुडियो डोरेमीमा सम्पन्न गरेका हुन्।

भिडिओमा गायिका दाहाल स्वयं र अभिनेता आकाश श्रेष्ठको अभिनय छ । साथै, बाल कलाकार दीप्शिका श्रेष्ठको पनि अभिनय देख्न सकिन्छ ।

भिडिओको छायाङ्कन नवराज उप्रेतीले, सम्पादन तथा रङ संयोजन विकास ज्ञवालीले गरेका छन् भने कथा र निर्देशन सुनिल क्षेत्रीले सम्हालेका छन्।

दाहालले यस गीतमार्फत आमाको अतुलनीय योगदान र ममतालाई गहिरो भावनाका साथ उजागर गर्ने प्रयास गरेकी छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved