नेपथ्य: ‘लाइभ इन गोकर्णेश्वर’ (तस्वीरहरू)

गोकर्णेश्वरको कार्यक्रमपछि नेपथ्य आफ्नो शृंखलाबद्ध प्रस्तुति लिएर आगामी महिना अमेरिका जाने तयारीमा रहेको छ।

नेपथ्य: ‘लाइभ इन गोकर्णेश्वर’ (तस्वीरहरू)

काठमाडौँ। चर्चित सांगीतिक समूह नेपथ्यले दुई वर्षपछि नेपालमा सांगीतिक प्रस्तुति गरेको छ। ‘ग्राउन्ड अफ इभेन्ट्स’ को आयोजनामा आज (शनिबार) साँझ गोकर्णेश्वरमा नेपथ्यले आफ्नो प्रस्तुति (कन्सर्ट) गरेको हो।

यसअघि २०७९ पुसमा ब्यान्डले भृकुटीमण्डपमा कन्सर्ट गरेको थियो। केही महिना अघि अस्ट्रेलियाको सिड्नीमा लगातार दुई वटा कन्सर्ट गरेर नेपथ्य टोली स्वदेश फर्किएको छ।

शनिबारको कन्सर्टमा गायक अमृत गुरुङलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले साथ दिएका छन्।

गोकर्णेश्वरको कार्यक्रमपछि नेपथ्य आफ्नो शृंखलाबद्ध प्रस्तुति लिएर आगामी महिना अमेरिका जाने तयारीमा रहेको छ।

तस्वीरहरू:-

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved