अपहरणमा परेकी सात वर्षीया बालिकाको उद्धार

नेपालभ्युज

अपहरणमा परेकी सात वर्षीया बालिकाको उद्धार
सांकेतिक तस्वीर

सुनसरी । सुनसरीको कोशी गाउँपालिका–७ स्थित मुसहरी टोलबाट अपहरणमा परेकी एक सात वर्षीया बालिकालाई प्रहरीले उद्धार गरेको छ ।

बुधबार दिउँसो आफ्नै घर अगाडि खेल्ने क्रममा अपहरणमा परेकी बालिकाको बिहिबार उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिए ।

खेलिरहेकी बालिकालाई अपरिचित मानिसले सिटी सफारीमा चढाएर अपहरण गरी लगेको भन्ने सूचना प्रहरीलाई बालिकाको परिवारले दिएको थियो ।

सूचनाका आधारमा बालिकालाई कोशी गाउँपालिका–८ स्थित कोशी ब्यारेजको २६ नम्बर ढोकाको पुल माथिबाट उद्धार गरिएको प्रहरीले जनाएको छ ।

अपहरण गरेको आरोपमा सप्तरीको कञ्चनरुप नगरपालिका–१२ का जितुवा भन्ने जितेन्द्र साह (हलुवाई) लाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ । बालिकाको स्वास्थ्य परीक्षण गरेर परिवारको जिम्मा लगाइएको प्रहरी नायब उपरीक्षक खतिवडाले जानकारी दिए । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved