बर्दिबासबाट भारी परिमाणमा लागुऔषध गाँजा बरामद

बर्दिबासबाट भारी परिमाणमा लागुऔषध गाँजा बरामद

जनकपुरधाम । बर्दिबासबाट भारी परिमाणमा लागुऔषध गाँजा बरामद गरिएकाे छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार बर्दिबास नगरपालिका–३ गौारीडाँडाबाट प्रहरीले २ सय ३५ किलो लागुऔषध गाँजा बरामद गरेको हो ।

बर्दिबास -३ अस्थाई ट्राफिक प्रहरी पोष्ट गौरीडाडाँ स्थित बीपी राजमार्गमा गोप्य सुचनाको आधारमा गाँजा लोड गरेर राखिएको मिनी ट्रकसँगै प्रहरीले त्यसका चालकलाई सोमवार नियन्त्रणमा लिएको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तुलाल जयसवारले जानकारी दिए ।

गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बर्दिबास र लागु औषधी नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबासबाट प्रनानि सरोज कुमार अधिकारीको कमाण्डमा खटिएको प्रहरी टोलिले सोमबार साँझ पौने ७ बजे बीपी राजमार्गको सडक खण्डमा सिन्धुलीबाट बर्दिबासतर्फ आउँदै गरेको बागमती प्रदेश–०१–००६ ख ५३७१ नम्बरको निलो रङ्गको मिनीट्रकमा गाँजा फेला पारेको हो ।

ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा ट्रकको माथिल्लो भागमा फल्स बटम बनाई कालो त्रिपालले ढाकेर रातो रङ्गको प्लाष्टिकले र्‍याप गरी पहेंलो टेपले नाईलनको डोरीले बाधि लुकाई छिपाई राखी ल्याउदै गरेको अवैध लागु औषध गाँजा २० पोका  जम्मा २३५.६ किलो ग्राम फेला परेको डीएसपी जयसवारले जानकारी दिए ।

गाँजा सहित मिनीट्रक र चालक मकवानपुरको थाहा नगरपालिका–७ डाँडाबास बस्ने २७ वर्षीय कविराज गोलेलाई नियन्त्रणमा लिइएको र अनुसन्धान कार्य अघि बढाएको डीएसपी जयसवारले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved