ताप्लेजुङमा निषेधाज्ञा हटाइयो

नेपालभ्युज

ताप्लेजुङमा निषेधाज्ञा हटाइयो

काठमाडौं ।  ताप्लेजुङमा फागुन ११ गते बिहानदेखिको निषेधाज्ञा हटाइएको छ । जिल्ला प्रशासन कार्यालयले मङ्गलबार सूचना जारी गर्दै राति ११ बजेबाट लागू हुनेगरी निषेधाज्ञा हटाइएको जानकारी दिएको छ ।

जिल्ला सुरक्षा समितिको  १३ फागुनको सिफारिसबमोजिम निषेधाज्ञा हटाइएको सूचनामा जनाइएको छ  ।

पाथीभरा क्षेत्रमा निर्माणाधीन केबलकारको विषयमा फागुन ८ देखि ‘नो केबलकार समूह’ र प्रहरीबीच झडप भएपछि प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले सदरमुकाम फुङलिङ र पाथीभराको काफ्लेपाटी क्षेत्रमा निषेध आदेश जारी गरेका थिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved