विजेता टोली काठमान्डुका १९ वर्षीय दीपेश बने ‘प्लेयर अफ दी म्याच’

नेपालभ्युज

विजेता टोली काठमान्डुका १९ वर्षीय दीपेश बने ‘प्लेयर अफ दी म्याच’

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आइतबार भएको खेलमा विजेता टोली काठमान्डु गुर्खाजका दीपेश कँडेल प्लेयर अफ दी म्याच चुनिएका छन् ।

विराटनगर किंग्सविरुद्धको खेलमा उनले ४ ओभरमा २ विकेट लिएका थिए । उनले ४ को इकोनमीमा किफायती बलिङ गरे ।

अलराउन्ड प्रदर्शन गरेका १९ वर्षीय दीपेशले अन्तिमसम्म क्रिजमा रहेर ब्याटिङमा पनि भूमिका खेले । उनले ५ रनमा अविजित ११ रन बनाए ।

काठमान्डुले विराटनगरमाथि १ विकेटको रोमाञ्चक जित हात पारेको हो । यससँगै काठमान्डुले प्लेअफ सम्भावना जीवितै राखेको छ ।

विराटनगरमाथि काठमान्डुको एक विकेटको रोमाञ्चक जित, प्लेअफ सम्भावना कायमै


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved