जाडो मौसममा ‘बाइक राइड’ : यसरी बच्न सकिन्छ चिसोबाट

नेपालभ्युज

जाडो मौसममा ‘बाइक राइड’ : यसरी बच्न सकिन्छ चिसोबाट

एजेन्सी । जाडो मौसममा मोटरसाइकल (बाइक) वा अन्य दुई पाङ्ग्रे सवारीमा यात्रा गर्न अत्यन्तै कठिन हुन्छ । वर्षा र गर्मी मानिसले केही हदसम्म सहन सक्छन्, तर जाडोमा बाइक चलाउनु आफैँमा एउटा चुनौती हो । पुस र माघका महिनाहरूमा धेरै चिसो हुने गर्छ ।

हात, खुट्टा, नाक र पूरै शरीर चिसोले सुन्निन्छ । यस्तो अवस्थामा यदि तपाईं पनि जाडोको मौसममा बाइकमा यात्रा गर्नुहुन्छ भने चिसोबाट बच्न यी उपायहरू काम लाग्न सक्छन् ।

-राइडिङ ज्याकेट, पन्जा र हेलमेट लगाएर मात्र घरबाट बाहिर निस्कनुहोस् । यसले तपाईंलाई केही कम चिसो महसुस हुनेछ ।

-दुई पाङ्ग्रे सवारीमा यात्रा गर्नेहरूले सधैँ कपडा अलि धेरै लगाउनु पर्छ । सबैभन्दा पहिले एउटा बडी वार्मर लगाउनुहोस् । त्यसमाथि स्वेटर र हावा रोक्ने ज्याकेट लगाउनुहोस्, जसले हावालाई प्रवेश गर्न दिँदैन ।

-यदि तपाईंसँग हावा रोक्ने ज्याकेट छैन भने, आफ्नो सामान्य ज्याकेट वा स्वेटरको भित्र अखबार राख्न सक्नुहुन्छ । आफ्नो छाती र कम्मरलाई राम्ररी अखबारको पानाले ढाक्नुहोस् । यसले हावालाई तपाईंको शरीरभित्र प्रवेश गर्न दिँदैन ।

-चिसोमा बाक्ला मोजा र बुट्स लगाउनुहोस् । बाइकमा यात्रा गर्दा घुँडामा नीक्याप लगाउन नबिर्सनुहोस् । यसले तपाईंलाई चिसो कम महसुस हुनेछ । हेलमेटको भित्र पनि मुखलाई एउटा ऊनी र तातो कपडाले ढाक्नुहोस् । यसले तपाईंको अनुहारमा चिसो हावा कम लाग्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved