काठमाडौं । तपाईं कहिल्यै यस्तो दोधारमा पर्नुभएको छ, जहाँ सम्बन्ध त टुटिसकेको हुन्छ, तर मनले अझै पनि त्यो व्यक्तिको उपस्थिति चाहन्छ साथी बनेर रहने ।
ब्रेकअपपछि पूर्वप्रेमी/प्रेमिकासँग मित्रता कायम राख्न जति सजिलो सुनिन्छ, वास्तवमा त्यति सजिलो हुँदैन ।
आखिर किन केही मानिसहरू पूर्वप्रेमी/प्रेमिकालाई पूर्णरूपमा छोड्न सक्दैनन् ? के यो मित्रता साँच्चै तपाईंको मनको लागि राम्रो हो वा यो केवल एउटा जाल हो, जसले हामीलाई अगाडि बढ्नबाट रोक्छ । आउनुहोस्, यसका फाइदाहरू र बेफाइदा के-के छन् जानौँ ।
भावनात्मक सम्बन्ध पूर्ण रूपमा टुट्दैन
जब तपाईं कसैलाई माया गर्नुहुन्छ, त्यो केवल एउटा सम्बन्ध मात्र होइन, एक गहिरो भावनात्मक रूपमा जोडिनुहुन्छ । ब्रेकअपपछि पनि धेरै पटक यी भावनाहरू तुरुन्तै समाप्त हुँदैनन्, त्यसैले मानिसहरू एक–अर्कालाई गुमाउन चाहँदैनन् ।
एक अर्कालाई राम्रोसँग चिन्नु
जब कोही तपाईंको राम्रो साथी र पार्टनर दुवै भएको हुन्छ, त्यससँग एउटा सहज परिस्थिति बन्छ । त्यो व्यक्तिसँग कुरा गर्न सजिलो लाग्छ, किनभने उसले तपाईंको व्यक्तित्व र कमजोरीहरू पहिले नै जान्दछ ।
पछुतो
कहिलेकाहीँ ब्रेकअप दुवैको समझदारीमा हुँदैन र जुन व्यक्तिले सम्बन्ध तोडेको हुन्छ, उसले पछुतो महसुस गर्छ र मित्रता कायम राख्न चाहन्छ ।
ब्रेकअपपछि मित्रताका फाइदा
पीडा कम गर्न
यदि दुवै समझदारी र परिपक्वतासँग मित्रता निभाउँछन् भने यसले ब्रेकअपको पीडा कम गर्न सक्छ । एकअर्काको भावनाहरू बुझ्ने अवसर पनि प्राप्त हुन्छ ।
मित्रताबाट फेरि प्याचअप हुने आशा
केही मानिसहरू ब्रेकअपपछि आफूलाई र एक अर्कालाई राम्रोसँग बुझ्छन् र हुन सक्छ, समयसँगै उनीहरूको सम्बन्ध फेरि बलियो हुन्छ । र फेरि उनीहरू एक अर्कालाई डेट गर्न सक्छन् ।
बेफाइदा
भावनात्मक उल्झन
मित्रताको आडमा यदि कुनै एक व्यक्ति अझै पनि पुरानो सम्बन्धको आशा लगाएर बसेको छ भने यो झन् पीडादायक हुन सक्छ ।
नयाँ सुरुवातमा बाधा
एक्ससँग निरन्तर कुराकानीले कुनै नयाँ सम्बन्ध सुरु गर्नमा बाधा बन्न सक्छ । किनभने कहीँ न कहीँ नयाँ सम्बन्धमा बाधा पुर्याउँछ ।
मूभ अन हुन नसक्ने
कहिलेकाहीँ एक्ससँग दूरी नै सबैभन्दा राम्रो उपाय हुन्छ । यदि तपाईं एक्ससँग जोडिइरहनुहुन्छ भने हृदय र दिमाग कहिल्यै पूर्ण रूपमा अगाडि बढ्न सक्दैन ।
मित्रताको रूपमा विषाक्तता
यदि ब्रेकअपको कारण टक्सिकनेस थियो र पनि तपाईं त्यो व्यक्तिसँग मित्रता निभाउने प्रयास गर्दै हुनुहुन्छ भने यो मानसिक रूपमा अझ धेरै हानिकारक हुन सक्छ । तपाईंलाई तनाव बढी हुन्छ ।
Facebook Comment
Comment