लुम्बिनीको बलिङसामु काठमान्डु निरीह, अहिलेसम्मकै कम स्कोर

नेपालभ्युज

लुम्बिनीको बलिङसामु काठमान्डु निरीह, अहिलेसम्मकै कम स्कोर

काठमाडौं । एनपीएलमा काठमान्डु गुर्खाजले लुम्बिनी लायन्सलाई रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा काठमान्डु १९.२ मा अलआउट हुँदै १०३ रनमा सीमित भयो ।

जारी एनपीएलमा पहिले ब्याटिङ गर्ने टोलीले बनाएको यो अहिलेसम्मकै कम स्कोर हो । यसअघि पनि पोखरा एभेन्जर्सले बनाएको १०३ रन नै कम स्कोर थियो ।

गुर्खाजका लागि भीम सार्कीले ३१ रन बनाए । स्टीफन एस्किनाजीले १३ रन र डेन डउथवेटले २१ रन बनाए ।

लुम्बिनीका लागि साद बिन जफर र अभिषेश गौतमले २–२ तथा सूर्य तामाङ, विवेक तामाङ र रामोन सिमन्ड्सले १–१ विकेट लिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved