सुदूरपश्चिमले टुङ्ग्याइदियो जनकपुरको अपराजित यात्रा

नेपालभ्युज

सुदूरपश्चिमले टुङ्ग्याइदियो जनकपुरको अपराजित यात्रा

काठमाडौं । एनपीएलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सको अपराजित यात्रा टुङ्ग्याइदिएको छ ।

बुधबार भएको खेलमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले पराजित गरेको हो । ४ खेलमा अविजित रहेको जनकपुरको यो पहिलो हार हो भने सुदूरपश्चिमको चौथो जित ।

सुदूरपश्चिमले दिएको १२४ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको जनकपुर १२.१ ओभरमा ५१ रन बनाएर अलआउट भयो । जनकपुरका लागि जोशुआ ट्रोम्पले रन बनाए । अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

सुदूरपश्चिमका लागि भने कप्तान दीपेन्द्रसिंह ऐरी, हर्मित सिंह र इशान पाण्डेले २–२ तथा स्कट कुग्गेलिजन, सैफ जैब र नरेन साउदले १–१ विकेट लिए ।

यसअघि ब्याटिङ गरेको सुदूरपश्चिमले पूरै ओभर खेलेर ९ विकेटको क्षतिमा १२३ रन बनाएको थियो ।

सुदूरपश्चिमका लागि विनोद भण्डारीले ३३ र सैफ जैबले २१ रन बनाए । इशान पाण्डेले १७ र ब्राण्डन म्याकमुलनले ११ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

जनकपुरका लागि किशोर महतोले ४ विकेट लिए । जनकपुरका लागि शेर मल्ल,र अरनिको यादवले २–२ तथा हर्ष थाकेरले १ विकेट लिए ।

यससँगै पाँचौ खेलमा चौथो जित हात पार्दै सुदूरपश्चिम शीर्ष स्थानमा उक्लिएको छ । पराजित जनकपुर भने पाँचौ खेलमा पहिलो हारका साथ दोस्रो स्थानमा झरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved