काठमाडौं । एनपीएलमा कर्णाली याक्सले पोखरा एभेन्जर्सलाई पराजित गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार भएको खेलमा कर्णालीले पोखरालाई ७ विकेटले हराएको हो । कर्णालीको यो तेस्रो जित हो । पोखराको यो तेस्रो पराजय हो ।
कर्णालीले प्ले अफ सम्भावना बलियो बनाएको छ । यता, पोखराले भने लुम्बिनी लायन्सलाई १० विकेटले हराएको जितको लय कायम राख्न सकने ।
पोखराले दिएको १०४ रनको सामान्य लक्ष्य कर्णालीले १५ ओभरमा ३ विकेटको क्षतिमा पूरा गरेको हो । कर्णालीका लागि च्याडविक वाल्टनले ४२ रन बनाए । गुल्शन झा ४९ रनमा अविजित रहे ।
पोखराका लागि विपिन खत्री, च्याडविक वाल्टन र कुशल भूर्तेलले १–१ विकेट लिए ।
यसअघि ब्याटिङ गरेको पोखराले पूरै २० ओभर खेलेर ६ विकेटको क्षतिमा १०३ रन बनाएको थियो ।
पोखराका लागि ओपनरद्वय दिनेश खरेलले २६ र एन्ड्रिज गौसले २५ रन बनाए । रेमन रेफरले २० रन बनाए । अन्य ब्याटरले गतिलो प्रदर्शन गर्न सकेनन् ।
कर्णालीका लागि घातक बलिङ गरेका विलियम बोसिस्टोले ४ ओभरमा ३१ रन खर्चेर ६ विकेट लिए । कप्तान सोमपाल कामी, यूनिस ठाकुर र विपिन शर्माले १–१ विकेट लिए ।
Facebook Comment
Comment