एभरेस्ट बेसक्याम्प अवलोकन गरेर स्वदेश फर्किए शिखर (तस्वीरहरू)

नेपालभ्युज

एभरेस्ट बेसक्याम्प अवलोकन गरेर स्वदेश फर्किए शिखर (तस्वीरहरू)

काठमाडौं । नेपाल प्रिमियर लिए (एनपिएल) खेल्न नेपाल आएका भारतीय चर्चित क्रिकेटर शिखर धवनले एभरेष्ट बेसक्याम्पको अवलोकन गरेका छन् । धवनसहित कर्णाली याक्सका सहमालिक गृहेन्द्र घिमिरेसहितको टोलीले आइतबार एभरेष्ट बेसक्याम्पको अवलोकन गरेका हुन् ।

उनीहरुले ३–४ घन्टाको समय एभरेष्ट बेसक्याम्पमा बिताएका थिए । एभरेष्ट बेसक्याम्पको अवलोकनपछि शिखर आइतबार साँझ एयर इन्डियाको जहाजमार्फत स्वदेश फर्किएका छन् ।

यसअघि उनले एनपिएलका क्रममा पशुपति नाथ दर्शन गरेका थिए । शिखरले आउँदो मार्चमा नेपालको भ्रमणमा आउने चाहना व्यक्त गरेका छन् ।

कर्णालीबाट ४ खेल खेलेका शिखरले एक अर्धशतकसहित १३६ रन बनाए ।  उनले एनपिएल खेल्दा राम्रो अनुभव भएको बताए । ‘राम्रो अनुभव भयो, नेपालका खेलाडीलाई केही सिकाउने र मैले पनि केही मौका पाँए,’ उनले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved