चितवन ३३ रनले विजयी, सुदूरपश्चिमको पहिलो हार

नेपालभ्युज

चितवन ३३ रनले विजयी, सुदूरपश्चिमको पहिलो हार

काठमाडौं । एनपीएलमा सुदूरपश्चिम रोयल्स चितवन राइनोजसँग पराजित भएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइतबार भएको खेलमा सुदूरपश्चिम चितवनसँग ३३ रनले पराजित भएको हो ।

एनपीएलमा सुदूरपश्चिमको यो पहिलो हार हो भने चितवनको यो तेस्रो जित हो । हारसँगै सुदूरपश्चिमले अंकतालिकाको शीर्षस्थानमा उक्लिने मौका गुमाएको छ ।

चितवनले दिएको १६५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम १८.३ ओभरमा अलआउट हुँदै १३१ रनमा समेटियो । सुदूरपश्चिमका लागि इशान पाण्डेले ३५ रन, सैफ जैबले १८ रन जोडे ।

चितवनका लागि कुशल मल्ल, जान लोफ्टी इटन, अमर रौतेलाले २–२ तथा रिजन ढकालले १ विकेट लिए ।

टस जितेर ब्याटिङ थालेको चितवनले पूरै ओभर खेलेर ५ विकेटको क्षतिमा १६४ रन बनाएको थियो ।

चितवनका लागि ओपनर हसन इसाखिलले अर्धशतकीय पारी खेले । उनले ५१ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै ६५ रन जोडे । रवि बोपाराले ३६ रन बनाए ।

कप्तान कुशल मल्लले १३ रन बनाउँदा विपिन रावलले १७ रन र सन्तोष कार्कीले ९ रनको योगदान गरे ।

सुदूरपश्चिमका स्कट कुग्गेलिजनले दुई तथा ब्राण्डन म्याकमुलन र सैफ जैबले १/१ विकेट लिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved