कर्णालीले दियो विराटनगरलाई १३४ रनको लक्ष्य, देव र विलियमको अर्धशतक

नेपालभ्युज

कर्णालीले दियो विराटनगरलाई १३४ रनको लक्ष्य, देव र विलियमको अर्धशतक

काठमाडौं । एनपीएलमा कर्णायली याक्सले विराटनगर किंग्सलाई १३४ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा कर्णाली अन्तिम बलमा अलआउट हुँदै १३३ रन बनाएको हो ।

कर्णालीका लागि देव खनाल र विलियम बोसिस्टोले अर्धशतकीय पारी खेले ।

विलियमले ४९ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ६६ रन जोडे । देव खनालले ४८ बलमा ४ चक्का र २ छक्का प्रहार गर्दै ५३ रन बनाए । शिखर धवनले ५ रन जोडे । अन्य खेलाडीले दोहोरा अंक छुन सकेनन् ।

विराटनगरका लागि प्रतिश जिसीले ४, क्रिश सोल र बसिर अहमदले २ तथा अकिब इलियासले १ विकेट लिए ।

टस जितेर विराटनगरले पहिले बलिङ रोजेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved