सुदूरपश्चिमले दियो काठमान्डुलाई १६८ रनको लक्ष्य, ब्राण्डनको अर्धशतक

नेपालभ्युज

सुदूरपश्चिमले दियो काठमान्डुलाई १६८ रनको लक्ष्य, ब्राण्डनको अर्धशतक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले काठमान्डु गुर्खाजलाई १६८ रनको लक्ष्य दिएको छ ।

सुदूरपश्चिम रोयल्सले पूरै ओभर खेलेर ६ विकेटको क्षतिमा १६७ रन बनाएको हो ।

सुदूरपश्चिमका लागि ब्राण्डन म्याकमुलनले अर्धशतकीय पारी खेले । उनले ३६ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ५३ रन जोडे ।

ओपनर विनोद भण्डारीले ३५ र सैफ जैबले ११ रन बनाए । रोहन मुस्तफा भने ४ रनमा आउट भए । कप्तान दीपेन्द्रसिंह ऐरी ४३ रनमा आउट भए । उनले ३ चौका र २ छक्का प्रहार गरे ।

काठमान्डुका लागि राशिद खानले २ तथा कप्तान करण केसी, साहब आलम र गेर्हार्ड इरास्मसले १–१ विकेट लिए ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर काठमान्डुले पहिले बलिङ गर्ने निर्णय गरेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved