जनकपुरको लगातार तेस्रो जित, पोखरा ७ विकेटले पराजित

नेपालभ्युज

जनकपुरको लगातार तेस्रो जित, पोखरा ७ विकेटले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार भएको खेलमा जनकपुरले पोखरालाई ७ विकेटले पराजित गरेको हो ।

जनकपुरको यो लगातार तेस्रो जित हो । जनकपुरले दिएको १३९ रनको लक्ष्य जनकपुरले १७.१ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो ।

जनकपुरका लागि लाहिरु मिलन्थाले ४५ रन बनाए । उनले ३२ बलमा ८ चौका प्रहार गरे । जेम्स निशमले ४० रनमा अविजित रहे । उनले ५ छक्का प्रहार गरे । र, आसिफ शेखले ३३ रन बनाए ।

पोखराका लागि विपिन खत्री, माइकल लिस्क र कुशल भूर्तेलले १–१ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको पोखरा एभेन्जर्सले पूरै ओभर खेलेर ७ विकेटको क्षतिमा १३८ रन बनाएको थियो ।

पोखराका लागि मार्कस क्रिचलेले ३५ र एन्ड्रिज गौसले २० रन बनाए । माइकल लिस्क २५ रनमा अविजित रहे ।

जनकपुर बोल्ट्सका लागि भने ललित राजवंशीले ३, जेम्स निशामले २ र मोहम्मद मोहसिनले १ विकेट लिए ।

जनकपुरले यसअघि विराटनगर र कर्णाली याक्सलाई हराएको थियो । यता, पोखरा भने पहिलो खेलमा चितवन राइनोजसँग पराजित भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved