पोखराले दियो जनकपुरलाई १३९ रनको लक्ष्य

नेपालभ्युज

पोखराले दियो जनकपुरलाई १३९ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सलाई १३९ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा पोखराले पूरै ओभर खेलेर ७ विकेटको क्षतिमा १३८ रन बनाएको हो ।

पोखराका लागि मार्कस क्रिचलेले ३५ र एन्ड्रिज गौसले २० रन बनाए । माइकल लिस्क २४ रन जोडेर आउट भए । यस्तै, ओपनर दिनेश खरेलले १०, दिलीप नाथले ११ र रेमण्ड रेफरले १७ रन जोडे ।

जनकपुर बोल्ट्सका लागि भने ललित राजवंशीले ३, जेम्स निशामले २ तथा मोहम्मद मोहसिन र किशोर महतोले १–१ विकेट लिए ।

टस जितेर जनकपुरले पहिले बलिङ रोजेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved