काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सले काठमाडौं गुर्खाजलाई १५० रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा कर्णालीले पूरै ओभर खेलेर ५ विकेटको क्षतिमा १४९ रन बनाएको हो ।
कर्णालीका लागि ओपनर शिखर धवनले अविजित ७२ रन बनाए । उनले ५१ बलमा ४ चौका र ५ छक्क प्रहार गरे ।
शिखरले ४२ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ५१ रन अर्धशतक बनाए ।
यसअघि सोमबार भएको खेलमा उनी जनकपुर बोल्ट्सविरुद्ध १४ रनमा आउट भएका थिए ।
अर्जुन घर्तीले ४, गुल्शन झाले १२, बाबर हायतले १३, च्याडविक वाल्टनले २१ र देव खनाल शून्यमा आउट भए । र, जिशन मक्सुद १४ रनमा अविजित रहे ।
काठमाडौं गुर्खाजका लागि गेर्हार्ड इरास्मसले २ तथा कप्तान करण केसी, नाथन सोटर र दीपेश कँडेलले १–१ विकेट लिए ।
टस जितेर काठमाडौंले पहिले बलिङ रोजेको हो ।
Facebook Comment
Comment