जित्दैपर्ने दबाबबीच मैदानमा उत्रँदै विराटनगर, लुम्बिनीको पहिलो खेल

नेपालभ्युज

जित्दैपर्ने दबाबबीच मैदानमा उत्रँदै विराटनगर, लुम्बिनीको पहिलो खेल

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (बुधबार) पनि दुई खेल हुँदैछन् ।

बिहान ९ः१५ बजे सुरु हुने खेलमा कर्णाली याक्स र काठमाडौं गोर्खाज भिड्दैछन् ।

यस्तै दिउँसो १ः१५ बजे सुरु हुने खेलमा विराटनगर किंग्स र लुम्बिनी लायन्स आमने–सामने हुँदैछन् ।

सन्दीप लामिछाने नेत्तृत्वको विराटनगर पहिलो जितको खोजीमा हुनेछ । लगातार दुई खेल हारेपछि विराटनगर जित्नैपर्ने दबाबका बीच मैदानमा उत्रँदैछ ।

अर्कोतिर नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले आज पहिलो खेल खेल्दैछ ।

सन्दीप लामिछाने ।

जारी प्रतियोगितामा दुई खेल खेलिसक्दासमेत सन्दीपले कुनै विकेट लिन सकेका छैनन् । यसले गर्दा उनी झनै दबाबमा छन् ।

यसअघि पहिले खेल हारेका कर्णाली र काठमाडौं आज पहिलो जितको खोजीमा हुनेछन् । कर्णालीको कप्तानी सोमपाल कामीले तथा काठमाडौंको करण केसीले गर्नेछन् ।

एनपीएल कीर्तिपुरको त्रिवि मैदानमा यही मंसिर १५ गतेदेखि जारी छ ।

पहिलो जितको खोजीमा कर्णाली र काठमाडौं

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved