जनकपुर बोल्ट्सले विराटनगर किंग्सलाई हरायो

नेपालभ्युज

जनकपुर बोल्ट्सले विराटनगर किंग्सलाई हरायो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सले विराटनगर किंग्सलाई पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको उद्घाटन खेलमा जनकपुरले विराटनगरलाई ८ विकेटले पराजित गरेको हो ।

विराटनगरले दिएको १२८ रनको लक्ष्य जनकपुरले १५.३ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो । जनकपुरका लागि लाहिरु मिलान्थाले उत्कृष्ट अर्धशतक पारी खेले । उनी ५३ बलमा ७५ रन बनाउँदै अविजित रहे ।

अलराउन्डर हर्ष थाकेरले २९ रन बनाए । कप्तान अनिलकुमार साहले ५ रन बनाए ।

विराटनगरका लागि क्रिश सोल र प्रतिश जिसीले १–१ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको विराटनगर १९ ओभरमा अलआउट हुँदै १२७ रन बनाएको थियो ।

विराटनगरका लागि ओपनर मार्टिन गप्टिलले ५५ रन बनाए । सो क्रममा उनले ४३ बलमा ७ चौका र १ छक्का प्रहार गरेका थिए । यो एनपीएलको पहिलो अर्धशतक हो ।

अर्का ओपनर लोकेश बमले ५ रन बनाउँदा तेस्रो नम्बरमा आएका अकिब इलियासले १५ रन बनाए । कप्तान सन्दीप लामिछानेले ७ रन जोडे । अन्य खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन् ।

जनकपुरका लागि ललित राजवंशीले तीन विकेट लिँदा किशोर महतो र हर्ष थाकेरले २/२ विकेट लिए । बेन माइक र मोहम्मद मोहसिनले एक/एक विकेट लिए ।

अब मंसिर १७ गते (सोमबार) बिहान ९:१५ बजे काठमाडौं गुर्खाज भर्सेस चितवन राइनोज र दिउँसो १:१५ बजे जनकपुर बोल्ट्स भर्सेस कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved