गोकर्णेश्वरमा एकै परिवारका ३ सदस्य मृत भेटिए

नेपालभ्युज

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका ३ स्थित गाम्चामा एकै परिवारका तीन सदस्य मृत भेटिएका छन् ।

मृत भेटिनेमा  ३३ वर्षीया सीता मोक्तान, उनकी छोरी अंशु मोक्तान र छोरा दुई महिनाका बालक रहेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

मोक्तानका श्रीमान् कान्छा नगरकोटीले श्रीमती र दुई छोराछोरी हराएको भन्दै प्रहरीलाई खबर गरेपछि जाँच गर्दा बन्द कोठाभित्र शव भेटिएको बताइएको छ ।

घटनास्थलमा प्रहरी वृत्त, बौद्ध, जिल्ला प्रहरी परिसर, काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीबाट शवको मुचुल्का उठाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved