एनपीएल : जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु दासानायके

नेपालभ्युज

एनपीएल : जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु दासानायके
तस्वीर स्रोत : जनकपुर बोल्ट्स

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को टोली जनकपुर बोल्ट्सले पुबुदु दासानायकेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।

जनकपुर बोल्ट्सले नेपालको राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक पुबुदुलाई मुख्य प्रशिक्षकमा अनुबन्ध गरेको हो ।

‘नेपालको क्रिकेटमा पुनः योगदान पुर्याउन पाउँदा म निकै उत्साहित छु। एनीएल एसोसिएट क्रिकेटमा उत्कृष्ट फ्रेन्चाइज लिग हुनेछ,’ पुबुदुले भिडियो सन्देशमा बताए।

सन् २०१४ मा पुबुदुको प्रशिक्षणमा नेपालको राष्ट्रिय क्रिकेट टोलीले पहिलो पटक विश्वकप क्रिकेट खेलेको थियो ।

जनकपुरको मार्की खेलाडीको रुपमा आशिफ शेख हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved