बाढी हेर्न गएका दुईजना बगे, किशोरको मृत्यु, बालिकाको जीवितै उद्धार

नेपालभ्युज

बाढी हेर्न गएका दुईजना बगे, किशोरको मृत्यु, बालिकाको जीवितै उद्धार

जलेश्वर । महोत्तरीको गौशाला नगरपालिका–८ कुसमारीमा अवस्थित सोनी खोलामा आएको बाढी हेर्न गएका एक किशोर र एक बालिकालाई बाढीले बगाउँएको छ । किशोरको मृत्यु भएको छ भने बालिकाको जीवितै उद्धार गरिएको छ ।

शनिबार दिउँसो स्थानीय १६ वर्षीय रोहन साह र ११ वर्षीया करिना महतो सोनी खोलामा बाढी हेर्न गएको बेला बगाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले बताए ।

बाढीले बगाएकी बालिका करिनालाई ५०० मिटर तल झाडीबाट प्रहरीले जीवितै उद्धार गरेको छ भने किशोर रोहनको अपरान्ह साढे तीन किलोमिटर तल शव फेला परेको थियो ।

त्यसैगरी, जिल्लाको बर्दिबास नगरपालिका–११ स्थित खयरमारा नदीमा अन्दाजी २१ वर्षीय पुरुषको शव माथिबाट बाढीले बगाएर ल्याएको अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक जैसवारले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved