एमाले लुम्बिनी प्रदेश संसदीय दलको बैठक शनिबार, यी हुन् एजेन्डा

नेपालभ्युज

एमाले लुम्बिनी प्रदेश संसदीय दलको बैठक शनिबार, यी हुन् एजेन्डा

काठमाडौं । नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलको बैठक  बस्ने भएको छ । प्रदेशका मुख्यमन्त्री एवं एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यले शनिबार बुटवलमा दलको बैठक बोलाएका हुन् । बैठक दिउँसो २ बजेका लागि  बोलाइएको छ ।

संसदीय दलका नेता लीला गिरीले राजीनामा दिएपछि  पहिलो पटक बैठक बस्न लागेको हो ।  मुख्यमन्त्रीले विश्वासको मत लिने र दलको नेता परिवर्तनको विषयमा छलफलको एजेन्डा रहेको एक  नेताले बताए ।  मुख्यमन्त्री आचार्यले मंगलबार विश्वासको मत लिने तयारी गरेका छन् ।

अहिले मुख्यमन्त्रीसहित लुम्बिनीमा एमालेका ५ र कांग्रेसका ४ मन्त्री छन् । कांग्रेसले थप एक मन्त्री सिफारिस गर्न बाँकी छ । १२ मन्त्रालय रहेको लुम्बिनीमा २ मन्त्रालय साना दलका लागि राखिएको छ । लुम्बिनी प्रदेशसभा ८७ सदस्यीय रहेको छ ।

विश्वासको मत प्रयोजनका लागि भदौ ४ गते मंगलबार प्रदेशसभाको बैठक आहृवान भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved