काठमाडौं । ‘मेरो पासर्पोट मेरो नागरिकतालगायत सबै डकुमेन्ट चाहिएको छ । तपाई कहाँ हुनुहुन्छ । मेरो फोन नउठाएर बस्न मिल्दैन तुरुन्त मलाइ मेरो डकुमेन्ट उपलब्ध गराइलिनु । मानवीयता भन्ने कुरा हुनुपर्छ । राजासाब ।’ धादिङको ज्वालामुखी गाउँपालिका–७ घर भएकी ३२ वर्षीया शोभा भनिने जानुका पाठकले फेसबुकमा लेखेकी थिइन् । पोस्टमा एमाले नेता महेश बस्नेतको फोटो थियो ।
उनले यतिमात्र लेखेकी थिइनन्, पछिल्लो समय तारान्तार पोस्ट गरिरहेकी थिइन्, बस्नेतविरुद्ध ।
‘यो मलाई महेश बस्नेतले दुर्गा दाइसँग बोल्न लगाएर रेकर्डिङ गरेको साइडमा महेश बस्नेतको घरको वाल हेर्नुहोला । सँगै सुतेर । आज मेरो मोबाइल सार्वजनिक भएको छ’ शोभाले यी र यस्ता धेरै पोस्ट गरिन् ।
कहिले ‘राजासाप’लेख्ने कहिले उनीविरुद्ध लेख्ने उनको दैनिकी थियो । पछिल्लो दिनमा ‘बलात्कारी र भ्रूण हत्यारा’ समेत भन्न भ्याइन । ती सबैको प्रमाण आफूसँग सुरक्षित रहेको दाबी गर्थिन् । तर, कुनै प्रमाण उनीसँग हुन्थेन । कसैको उक्साहटमा एकोहोरो चरित्रहत्या गर्दै खनिएकी जस्तो देखिन्थिन् ।
पछिल्लो समय शोभाले महेश बस्नेत मात्रै नभई अरुविरुद्ध पनि फेसबुकमा लेख्न थालिन् । उनको हर्कतबाट आजित भएर चरित्र हत्या भएको भन्दै एक महिला साइबरब्यूरो गुहार्न पुगिन् । सोही आधारमा शोभा पक्राउ परेकी हुन् । २८ जेठमा पक्राउ परेकी उनीविरुद्ध बुधबार साइबर ब्युरोले मुद्दा चलाएको छ ।
महेश बस्नेतसँग सम्बन्धमा रहेको दाबी गर्दै पार्टीकै कार्यकर्ता मिडियामा, को हुन् शोभा ?
विद्युतीय कारोबार नियन्त्रणसम्बन्धी ऐनको दफा ४७ अनुसार सामाजिक सञ्जालमा फोटो राख्नु, गाली वा बेइज्जती हुने गरी अर्काको प्रतिष्ठामा आँच पुग्ने गरी गरिने कुनै पनि कार्यलाई कानुनले अपराध मानेको छ ।

सोही व्यवस्था देखाउँदै सरकारी वकिल कार्यालयले शोभाविरुद्ध एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दवुैसजाय माग दाबी गरेको छ ।
पूर्वमन्त्री बस्नेतविरुद्ध ‘बलात्कार र भ्रूणहत्याको समेत जाहेरी दिएकी उनले प्रमाण भने जुटाउन सकेकी थिइनन् । सोही आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले बस्नेतविरुद्ध मुद्दा नचल्ने निर्णय गरेको थियो । सो निर्णयविरुद्ध पाठकले उच्च अदालतमा पाटनमा निवेदन दिएकी छिन् । तर, प्रमाण नभएको र उजुरीकर्ताको दाबी नपुगेको भन्दै मुद्दा तामेलीमा छ ।
महेश बस्नेत आरोप प्रकरणमा ट्वीस्ट : पटकपटक बिहे गरेकी शोभाले वडाबाट किन बनाइन् ‘कुमारी प्रमाणपत्र’ ?
महेश बस्नेतसँग ‘एक्स्ट्रा अफेयर’बताउने शोभा, पहिले दाइ भन्दै आएकी उनले अचानक किन लगाइन् आरोप ?
Facebook Comment
Comment