काठमाडौं । बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री नियुक्त भएका सुरेन्द्रराज पाण्डेको शपथ पोखरा सभागृहमा हुने भएको छ ।
यसअघि प्रदेश प्रमुख कार्यालयमा हुँदै आएको शपथ ग्रहण कार्यक्रम यसपटक भने पोखरा सभागृहमा गर्न लागिएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले नेपाल भ्युजलाई जानकारी दिए ।
हावाहुरी र पानी पर्ने सम्भावना रहेको र प्रदेश प्रमुख कार्यालयमा त्यसले ‘डिस्टर्ब’ गर्ने भएकाले पोखरा सभागृहमा शपथ ग्रहण कार्यक्रम गर्न लागिएको उनले बताए ।
शपथ ग्रहण कार्यक्रम भने बुधबार बेलुका ५:१० मा हुने उनको भनाइ छ ।
पाण्डे बुधबार नै मुख्यमन्त्री नियुक्त भएका हुन् । सोमबार सर्वोच्च अदालतले निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मतलाई बदर गर्दै ४८ घण्टाभित्र संविधानको धारा १६८ (३) अनुसारको मुख्यमन्त्री नियुक्ति प्रक्रिया पूरा परमादेश दिएको थियो ।
त्यसै अनुसार, प्रदेश सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका संसदीय दलका नेता पाण्डे मुख्यमन्त्री बनेका हुन् ।
Facebook Comment
Comment