कान्तिपुरका अध्यक्ष सिरोहियालाई थप ३ दिन थुनामा राख्ने अनुमति

नेपालभ्युज

कान्तिपुरका अध्यक्ष सिरोहियालाई थप ३ दिन थुनामा राख्ने अनुमति

काठमाडौं । जिल्ला अदालत धनुषाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप ३ दिन थुनामा राख्न अनुमति दिइएकाे छ । अदालते सिरोहियालाई जमानतमा रिहा गर्न अस्वीकार  गर्दै थप ३ दिन थुनामा राख्ने आदेश  दिएको  हो ।

नागरिकतासम्बन्धी कसुरमा पक्राउ गत मंगलबार पक्राउ परेका उनलाई बुधबार जिल्ला अदालत धनुषामा पेश गरिएको थियो। पहिलो पटक अदालतले अनुसन्धानका लागि तीन दिनको म्याद दिएको थियो। दोस्रो पटक शुक्रबार अदालतसमक्ष पेश गरिएका सिरोहियालाई अर्को थप तीन दिन थुनामा राख्न अदालतले अनुमति दिएको थियो।

सोमबार तेस्रो पटक अदालतमा पेश गरिएका सिरोहियाको तर्फबाट विनोद शर्मा, किशोर पौडेल, रमण कर्ण र दिनेश त्रिपाठीले बहस गरेका थिए।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई जनकपुरधामस्थित काव्या अस्पतालमा भर्ना गरिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved