प्रहरी जवान हत्या घटना : युवराजले पानी मागेपछि विपनाले दिइन् तर, सचिनले पोखिदिए !

‘लिव-इन पार्टनर’लाई ‘आँखा झिम्क्याएको’ निहुँ

प्रहरी जवान हत्या घटना : युवराजले पानी मागेपछि विपनाले दिइन् तर, सचिनले पोखिदिए !

काठमाडौं । ट्राफिक प्रहरी प्रभाव दरबारमार्गमा कार्यरत ट्राफिक प्रहरी जवान युवराज घिमिरे बिहीबार साँझ ड्यूटीबाट निवासतर्फ जाँदै थिए । खोटाङ मझुवागढी १ निवासी युवराज गोङ्गबु गणेशस्थान बस्थे ।

निवास नजिक पुगेपछि तारकेश्वर ११ मा पर्ने हिलेटोलमा एक खाजा घर छिरे । हरियो पर्दा भएको होटलमा खाजा खाँदै गर्दा २ जना मानिस आइपुगे । उनीहरू थिए, सचिन परियार र अञ्जली श्रेष्ठ । युवराजले सचिनलाई मात्र चिन्थे ।

भक्तपुर चाँगुनारायण–१ घर भएका २१ वर्षीय सचिन र नुवाकोट दुप्चेश्वर घर भएकी १८ वर्षीया अञ्जली ‘लिव-इन पार्टनर’ थिए । उनीहरू पनि युवराजसँगै एकै होटेलमा बसेर खान लागे ।

एकडेढ घण्टा खाजा घरमा बिताए । विभिन्न अन्तरङ्ग कुराकानी भयो । छुट्टिएर घरतर्फ जाने बेला युवराजले भने, ‘ल म लागेँ । पछि भेटौँला ।’ सचिनले आफूहरूलाई पनि घरसम्म छाडिदिन आग्रह गरे ।

तीनजना एकै मोटरसाईकलमा जान नमिल्ने भन्दै युवराज पन्छिए । तर, सचिनले अञ्जली बिरामी भएकोले हिँड्न नसक्ने अवस्था सुनाए । त्यसपछि कुरा काट्न नसकेका युवराजले मोटरसाईकलमा पछाडि दुवै जनालाई राखे । खाजा खाएको ठाउँबाट उनीहरू ४ किलोमिटर पर पुगे ।

सचिनले अलि माथि डाँडामा बन्दै गरेको घर देखाए र त्यहाँ जान आग्रह गरे । तर, बाटो राम्रो थिएन । प्रहरी जवान युवराजले मोटरसाइकल केही मिटर तल रोके । हेलमेट सचिनले बोकेर हिँडे । उनीहरूको पछिपछि हिँड्दै थिइन्, अञ्जली ।

घटनास्थल, जहाँ लगेर युवराजको हत्या भएको थियो ।

निर्माणाधीन घर पुग्नेबित्तिकै सचिनले युवराजलाई भने, ‘सम्धी भित्र बसौँ ।’ उनले युवराजलाई अघि लगाए । भित्र पस्न नपाइ सचिनले युवराजको टाउकोमा हेलमेटले अन्धाधुन्ध हाने ।

यो किन भइरहेको छ युवाराजले पत्तो पाएका थिएनन् । निर्माणाधीन भवनभित्र १३ वर्षीय नाबालकसहित ५ जना सुतिरहेका थिए । युवराजलाई हान्दाहान्दै सचिनले भने ‘ए, सबै जना उठ । आज यो पुलिसलाई ठिक पार्नुपर्छ ।’

फिल्मजस्तै ‘क्राइम थ्रिलर’ : चकलेटको खोलमा भित्रिन्छ कोकिन, पत्ता लगाउन विमानस्थलमा छैन मेसिन

चोटले रन्थनिएर ढलेका युवाराजले गुहार मागे । बचाउन आग्रह गरे, “ऐया ! बचाउ, पानी-पानी ।” त्यतिबेला भित्रबाट अरू पनि आएर अन्धाधुन्ध कुट्न थालिसकेका थिए । त्यही रहेकी विपना भनिने बसुन्धरा कार्कीले पानी दिइन् । तर, सचिनले पानी घिमिरेलाई खान दिएनन् । पोखिदिए ।

युवराजलाई पहिलेदेखि नै कुटिरहेका थिए । विपना, नुरमाया, बुद्ध, अमृत र नाबालकले अन्धाधुन्ध इटा, रड, बेल्ट र ढुङ्गा प्रहार गरे । कुट्दाकुट्दै केही बेरपछि युवराजको सास गयो । युवराजको घरभन्दा केही बाहिर लगे । युवराजको जुत्ता खोलेर सचिनले लगाए । कपडा पनि खोलेर लिएर गए । प्रहरीको हुलिया परिवर्तन गरेर शवलाई छोपेर भागे ।

हत्या घटनामा संलग्न भएका भन्दै पक्राउ परेकाहरू ।

भागेका उनीहरू जरङ्खुतर्फ गएर सडकपेटीमा सुतेको काठमाडौं प्रहरी प्रमुख तथा एसएसपी वसन्त रजौरेले बताए । हत्याको पूर्वयोजना भने नदेखिएको उनको भनाइ छ ।

मनमैजु जरङ्खु आसपासमा निर्माणाधीन घरमा आश्रय लिँदै आएका उनीहरू सबै लागुऔषध सेवनकर्ता रहेको प्रहरीको भनाइ छ ।

यसअघि प्रहरीले चोरी लुटपाटमा पक्राउ परेकादेखि ज्यामी काम गर्नेलाई पनि उनीहरूबारे सोधपुछ गरेको थियो । तर, केही पत्तो लागेन ।

बालकले खुलाए हत्याको रहस्य

अनुसन्धानमा संलग्न प्रहरीले अधिकृतहरूले सबैभन्दा पहिले १३ वर्षीय बालकलाई नियन्त्रणमा लिए । उनी घटनास्थलको वरपर सीसीटिभी फुटेजमा देखिएका थिए ।

पक्राउ परेपछि बालकले प्रहरीसँग भने, “मेरै अगाडि मारेका हुन् । मलाई सबै थाहा छ । तर, उनीहरूले कसैलाई नभन्नु भनेर गएका छन् ।”

१३ वर्षीय बालकले हत्याको रहस्य खुलाएपछि प्रहरी परिसर काठमाडौंको टोली घटनामा संलग्नलाई खोज्न गयो । डीएसपी प्रह्लाद कार्की नेतृत्वको टोली बालाजुस्थित बाइसधारा जङ्गलमा पुग्यो । लुकेर बसेका ४ जना भेटिए । सचिन, अञ्जलीसहित अरू एक पुरुष र एक महिला थिए । प्रहरी आएको थाहा पाएपछि उनीहरू भाग्न खोजे ।

मृतक ट्राफिक प्रहरी जवान युवराज घिमिरे ।

हवाई फायर गरी पक्राउ गरिएको काठमाडौंका एसएसपी रजौरेले बताए । “रातको समयमा उनीहरू भाग्न खोजेपछि हवाई फायर गरेका हौँ । अनि पक्राउ गरेर ल्याएका हौँ,” उनले भने ।

प्रहरी सङ्गठनमा गृहमन्त्रीको चर्को हस्तक्षेप, व्यावसायिकभन्दा व्यक्तिगत स्वार्थमा दुरुपयोग !

सचिन र अञ्जलीसँगै पक्राउ पर्नेमा थिए, स्याङ्जा आँधीखोला गाउँपालिका घर भई मनमैजु जरंखु आसपासमा निर्माणाधीन घरहरूमा आश्रय लिई बस्ने २१ वर्षीया विपना भनिने वसुन्धरा कार्की, जसले युवराजलाई पानी दिन खोजेकी थिइन् । नुवाकोटका २१ वर्षीय बुद्ध लामा पनि त्यहीबाट पक्राउ परे ।

उनीहरू पक्राउ गरेपछि प्रहरीले ५६ वर्षीया नुरमाया कार्की र सिन्धुपाल्चोकका ३० वर्षीय दोर्जे भनिने अमित तामाङलाई पनि पक्राउ गरेको छ । सबैभन्दा पहिला पक्राउ परेका १३ वर्षीय नाबालक हुन् ।

हत्यापछि भोलिपल्ट भेटिएको युवराजको शव ।

आँखा झिम्क्याएको बहाना

खाजा घरमै छँदा भएको गतिविधिका कारण हत्या भएको प्रहरीको निष्कर्ष छ । एसएसपी रजौरेले भने, “खाजाघरमा युवराजले अञ्जलीलाई आँखा झिम्काएको भनेर सचिनले भनेको छ ।

त्यो रिस भएपछि युवराजलाई हत्या गर्ने बहाना बनाएको देखिन्छ । त्यसपछि सचिनले अञ्जलीलाई बिसन्चो भयो भनेर माथिसम्म पुर्‍याइदिन अनुरोध गरे । उनीहरू एउटै मोटरसाइकलमा घरमा पुगेका र हत्या गरिएको पाइएको छ ।

तैपनि अनुसन्धान पुरानो रिसिबी हुन सक्नेतर्फ अनुसन्धान अघि बढेको छ ।

हत्यामा संलग्नको भएका टोली एकैठाउँमा बस्ने टोली होइन । उनीहरू ७ दिन एक ठाउँमा बसे ७ दिन अर्को ठाउँमा बस्ने गरेका थिए । निर्माणाधीन घरहरू खोज्दै बस्थे । उनीहरू लामो समयदेखि सँगै बस्दै आइसकेका थिए ।

हत्यापछि छोपिएको शव ।

प्रहरी प्रमुख रजौरेले भने, “मृतक अहिलेसम्म घटनास्थलमा गएको भेटिएको छैन । खाजाघरमा आँखा झिम्काएको निहुँमा त्यहाँबाट सुरु भएको हुन सक्छ ।”

सचिन र अमृत यसअघि चोरी घटनामा मुद्दामा पक्राउ परेका थिए ।

साथीले किन फिर्ता गर्दैन सापटी पैसा ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved