गण्डकीमा सर्वोच्चले दियो अल्पकालीन अन्तरिम आदेश

नेपालभ्युज

गण्डकीमा सर्वोच्चले दियो अल्पकालीन अन्तरिम आदेश

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मतविरूद्ध प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले दिएको रिटमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ।

शुक्रबार न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले रिटमा प्रारम्भिक सुनुवाइ गर्दै संविधानको धारा १८६ तथा १८८ का साथै गण्डकी प्रदेश सभामा विश्वास/अविश्वासको मतमा कति मत हुनुपर्ने हो भनेर व्याख्या हुनुपर्ने बताएको छ ।

अदालतको यो आदेशसंगै अर्को आदेश नभएसम्मका लागि मुख्यमन्त्री  अधिकारी कामचलाउ बनेका छन्।

६० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ३१ सांसदको समर्थन चाहिने भए पनि सभामुख कृष्ण धितालले ३० सांसदकै समर्थनमा मुख्यमन्त्री अधिकारीले विश्वास मत पाएको घोषणा गरेपछि कांग्रेसले वैशाख २५ गते सर्वोच्चमा रिट दिएको थियो।

वैशाख २३ गतेको प्रदेश सभामा बैठकमा मुख्यमन्त्री अधिकारीको विस्वासको मतको पक्षमा ३० र विपक्षमा २७ मत खसेको थियो ।  राप्रपाका दुई सांसद तटस्थ बसेका थिए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved