सीप मेलाको लक्ष्य दक्ष जनशक्तिलाई रोजगारदातासँग जोड्ने हो: उपप्रमुख डंगोल

नेपालभ्युज

सीप मेलाको लक्ष्य दक्ष जनशक्तिलाई रोजगारदातासँग जोड्ने हो: उपप्रमुख डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले दक्ष जनशक्तिलाई रोजगारदातासँग जोड्ने सीप मेलाको उद्देश्य रहेको बताएकी छिन् ।

२ हजार ८१ जनालाई रोजगारी दिने गरी निःशुल्क ‘सीपमूलक तालिम’ दिन काठमाडौं महानगरपालिकाले आयोजना गरेको सीप मेला बुधबारदेखि सुरु भएको छ ।

मेलाको उद्घाटन गर्दै उपप्रमुख डंगोलले शिक्षालाई सिपसँग, सीपलाई श्रमसँग र श्रमलाई उत्पादनसँग जोड्ने गरी सीप नहुनेलाई सीपयुक्त बनाउने योजनाका साथ मेलाको आयोजना गरिएको बताइन ।

उनले काठमाडौं महानगरपालिकाले सीप भएकालाई रोजगार तथा स्वरोजगार बनाउने र सीप नभएकाहरूको व्यावसायिक स्तर वृद्धि गराएर आयमा वृद्धि गराउनु तालिमको मुख्य लक्ष्य रहेको बताइन् ।

महानगरपालिकाले रोजगारी र आय वृद्धि काठमाडौंको समृद्धि भन्ने नारा तय गरेर अभियान चलाएको उपप्रमुख डंगोल बताउँछिन ।

‘महानगरले शिक्षा पनि गरिखाने शिक्षा दिन थालेका छौं । शिक्षा पनि सीपसँग जोडिनुपर्छ । सीपबाट श्रमसँग जोडिनुपर्छ । श्रमलाई पनि उत्पादनसँग जोडिनुपर्छ भन्ने आजको सीप मेला आयोजना गरेका हौं ।’ उनले भनिन् ‘निजी क्षेत्रले भने जस्तो काठमाडौं महानगरसँग जोड्ने अवसर सीप मेलाले दिएको छ । सम्पूर्ण रोजगारदातालाई अनुरोध गर्न चाहन्छौँ । काठमाडौं महानगरपालिकासँग हातेमालो गरौँ । देशमा रहेको बेरोजगारको समस्या हल गर्नको लागि एक जुट भएर अघि बढौं ।’

उनले सीपमूलक तालिममार्फत २ हजार ८१ जनालाई स्वरोजगारको बाटो देखाउन लक्ष्य पूरा गर्न काठमाडौं महानगरको एकल प्रयासबाट सम्भव नभएको भन्दै निजी क्षेत्रको पनि साथ आवश्यक रहेको बताएकी छिन् ।

काठमाडौंमा आजदेखि सीप मेला, विभिन्न विधामा नि:शुल्क तालिम उपलब्ध गराइने


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved