प्रधानमन्त्री प्रचण्ड र रुसी महासङ्घको प्रतिनिधिमण्डलबीच भेट

नेपालभ्युज

प्रधानमन्त्री प्रचण्ड र रुसी महासङ्घको प्रतिनिधिमण्डलबीच भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र रुसी महासङ्घको चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीजको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री प्रचण्डसँग भेट गर्न प्रतिनिधिमण्डल मङ्गलबार दिउँसो प्रधानमन्त्री सरकारी निवास बालुवाटार पुगेको थियो ।

भेटका क्रममा नेपाल-रुसबीचको सम्बन्धका विविध पक्ष र नेपालमा रुसको लगानीका विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved