प्रधानमन्त्रीलाई झलनाथको सुझाव- वर्तमान समीकरणलाई सुदृढ गरौँ

नेपालभ्युज

प्रधानमन्त्रीलाई झलनाथको सुझाव- वर्तमान समीकरणलाई सुदृढ गरौँ

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनाल मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । त्यस क्रममा उनीहरूबीच राजनीतिक विषयवस्तुमा कुराकानी भएको थियो ।

कुराकानीका क्रममा खनालले प्रधानमन्त्री प्रचण्डलाई वर्तमान समीकरण सुदृढ बनाएर अगाडि बढ्न सुझाव दिएका छन् । खनालले नेपालभ्युजसँग भने, “मैले प्रधानमन्त्रीजीलाई वर्तमान समीकरण/गठबन्धन जसरी भएपनि जोगाउन र सुदृढ बनाउनका लागि भनेको छु ।”

उनले सत्ता गठबन्धन यताउता नहुने जिकिरसमेत गरेका छन् । “मैत्रीपूर्ण हिसाबले काम गर्नुपर्छ । त्यसमा आपसमा बाझाबाझ गरेर केही हुँदैन भनेर मैले भनेको छु,” खनालले भने, “उहाँले त्यसमा सहमति जनाउनुभएको छ ।”

उनले सत्ता गठबन्धनमा कुनैखाले मनमुटाव नरहेकोसमेत दाबी गरे । यसअघि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र प्रधानमन्त्री प्रचण्डबीच सुदूरपश्चिम प्रदेश सरकार गठनका सन्दर्भमा मनमुटाव भएको थियो ।

तर, अहिले उनीहरूबीचसमेत कुनैखाले मनमुटाव नरहेको जिकिर नेता खनालको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved