मुलुकभर गर्मी बढ्दो , तराईमा तातो हावाका कारण सर्वसाधारणको दैनिकी प्रभावित

नेपालभ्युज

मुलुकभर गर्मी बढ्दो , तराईमा तातो हावाका कारण सर्वसाधारणको दैनिकी प्रभावित

काठमाडौं । कोशी र मधेस प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भेगको मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसोगण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली भई कोशी र बागमती प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहि बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । मधेस प्रदेश लगायत लुम्बिनी र कोशी प्रदेशका तराइका केही स्थानमा हावाहुरीको सम्भावना छ ।

तराई मधेशका जिल्लामा तातो हावा चल्न थालेको छ । आगामी शुक्रवारसम्म तातो हावा चल्ने महाशाखाको अनुमान छ । तातो हावाका कारण थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने जस्ता शारिरिक समस्या हुने भएकाले बढी गर्मी हुने समयमा सकेसम्म घरभित्र वा चिसो हावामा बस्न महाशाखाले आग्रह गरेको छ ।

चिकित्सकले गर्मीका बेला हल्का कपडा लगाउन, प्रशस्त मात्रामा पानी तथा झोलिलो पदार्थ खान सुझाव दिएका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved