म दैनिक इन्सुलिन माग्छु, तिहाड जेलले मिठाई खाइरहेको बयान दियो : केजरीवाल

नेपालभ्युज

म दैनिक इन्सुलिन माग्छु, तिहाड जेलले मिठाई खाइरहेको बयान दियो : केजरीवाल

काठमाडौं । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आफ्नो स्वास्थ्य अवस्था र खानपानको बारेमा तिहाड जेल प्रशासनले झुटो बयान दिएको बताएका छन् ।

जेल प्रशासनलाई पत्र लेख्दै केजरीवालले तिहाड जेलले झुटो बयान दिएको भन्दै इन्सुलिन नपाएको बताएका छन् ।

केहिदिन अघि दिल्लीको राउज एभिन्यू अदालतमा सुनुवाईका क्रममा जेलका तर्फबाट ईडीले चिकित्सा आधारमा जमानत पाउनको लागि केजरीवालले जानाजान मिठाई खाइरहेको आरोप लगाएको थियो ।

त्यस बयानको खण्डन गर्दै केजरीवालले पत्रमा भनेका छन्, ‘मैले अखबारमा तिहाड प्रशासनको बयान पढेँ, कथन पढेपछि मेरो मन दुख्यो । तिहाडका दुवै भनाइ झुटा हो, म दिनहुँ इन्सुलिन माग्छु । मैले ग्लुकोज मिटर रिडिङ देखाएँ र दिनको ३ पटक चिनी धेरै बढिरहेको बताएँ । चिनी २५० देखि ३२० सम्म पुगेको छ । एम्सका डाक्टरहरूले कहिल्यै चिन्ता गर्नुपर्ने कुरा छैन भनेका थिए । एम्सका चिकित्सकहरूले तथ्यांक र इतिहास हेरेर बताउने बताएका होलान् । तिहाड प्रशासन राजनीतिक दबाबमा परेको छ ।’

जमानत पाउन केजरीवालले जानाजान मिठाई खाइरहेको ईडीको आरोप

सोमबार दिल्लीका मन्त्री आतिशीले पत्रकार सम्मेलनमा मदिरा नीति घोटालासँग सम्बन्धित मनी लान्ड्रिंग केसको अनुसन्धान गरिरहेको ईडीको कार्यमा प्रश्न उठाइन् ।

केजरीवालले आफ्नो चिनी विशेषज्ञ चिकित्सकसँग कुरा गरेर फेरि इन्सुलिन लिन चाहेको राउज एभिन्यू अदालतमा निवेदन दिएको उनले बताइन् ।

केजरीवालको यो याचिकाको ईडी र तिहाड जेल प्रशासनले अदालतमा विरोध गरेको छ ।

शरिरमा चिनीको मात्रा बढोस् अनि चिकित्सा आधारमा जमानत पाइन्छ भन्ने केजरीवालको मनासाय रहेको ईडीको आरोप छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved