गगन थापाको दाबी : आगामी माघसम्म सत्ता गठबन्धन रहँदैन

नेपालभ्युज

गगन थापाको दाबी : आगामी माघसम्म सत्ता गठबन्धन रहँदैन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता गठबन्धन चाँडै भत्किने दाबी गरेका छन् ।

शनिबार प्रतिनिधि सभाको उपनिर्वाचनका लागि इलाम-२ मा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै थापाले गठबन्धन आगामी माघ महिनाभित्र भत्किने दाबी गरेका हुन् ।

माओवादी केन्द्रसँग गठबन्धन कायम राख्ने कांग्रेसको चाहना रहेको बताउँदै गगनले भने, ‘नेपाली कांग्रेस ५ वर्षसम्मका लागि गठबन्धनमा रहँन चाँहन्थ्यो । तर, हाम्रो चाहनाले मात्र काम भएन । आज नेकपा एमाले, माओवादीलगायत दलहरू मिलेर आएका छन् । उनीहरू मितेरी साइनो मात्र नभएर रगत पनि एउटै भएको बताउँछन् । म कमस खाएर भन्दिनँ । तर, दाबीका साथ इलामेली जनताकासामू भन्छु- गठबन्धनले २०८१ सालको माघ कटाएछ भने म फेरि जवाफ दिन आउनेछु ।’

चुनाव अघिको गठबन्धन जनता माथिको धोका भएको थापाको भनाई छ ।

साथै, उनले कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई मतदान गर्नसमेत अपिल गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved